डा. प्रदीप  कुमार मैनाली : गजलकार



डा. प्रदीप  कुमार मैनाली : गजलकार

२०३२ साल फागुन  २६ गते मंगलबारका दिन बुवा बद्रीनाथ  र अामा ईश्वरीको  सन्तानको रुपमा साविक सुन्द्रावती  गाविस वडा नं ३ (हालको कालिन्चोक गाउँपालिका) दोलखामा तिन दिदीहरु पछि जेष्ठ पुत्रका रुपमा जन्मिएका डा. प्रदीप  कुमार मैनाली `स्वनाहम्´साधनाले अर्थबिद र सौखले गजलकार बनेका हुन्।माध्यामिक तहकाे अध्ययन केहि बर्ष दार्जिलिङमा गरेपनि मैनालीले SLC  भने गाउँकै कालिनाग मा. बि., सुनखानीबाट सम्पन्न गरेका थिए

निम्न मध्यम वर्गीय परिवारमा जन्मिएर ग्रामिण परिवेशमा हुर्केका प्रदीपले आफ्नो अध्ययनको सुरुवात पाँच बर्षको उमेरमा गोठबाट सुरु गरेका हुन् बाल्यकालमा अत्यन्तै चञ्चल स्वभावका थिए उनी  ठूलो पोखरी बनाएर पौडी खेल्नुपर्ने, ओल्लो रुखका हाँँगाबाट पल्लो रुख गर्दै चहार्नु पर्ने,  खोलाछेउ  र बनमा भएका ठूला ठूला ढुङ्गामा काँटीले खोपेर आफ्नो नाम लेख्दै हिड्ने, मध्यरातमा मसानघाट जाने जस्ता क्रियाकलाप देखाएर अरु ब्यक्ति भन्दा फरक देखिने गर्थे।सानैदेखि बिद्रोहको स्वाभाव भएका उनले उमेर, नाता र पदले नभएर मान्छे उसको कर्म र ब्यवहारले वरिष्ठ हुने कुरा गरे जो कोहिलाई टेरेनन्,चाहे जस्तो सुकै परिस्थिति भोग्नु किन नपरोस् यति हुँदा हुँदै पनि उनी साथीहरूको प्रिय पात्र थिए पढाइको अतिरिक्त घरायसी कामकाज गर्ने, बस्तुभाउको स्याहारसुसार गर्ने, कृषि कार्यमा संलग्न हुने गर्थे। सानै देखि सृजनात्मक क्रियाकलापमा लगनशिल उनी हरेक काममा अाँफूलाई अव्वल सावित गर्ने प्रयास गर्थे।

बौद्ध दर्शनकाे अध्ययन गर्नुका साथै  इटालियन भाषाकाे  समेत दखल राखेका  मैनालीले अंग्रेज़ी साहित्यमा स्नातक र  एम. ., एम. फिल,  बिद्यावारिथी अर्थशास्त्रमा बिषयमा गरेका हुन्

पश्चिमेली धेरै मुलुक घुमेका मैनालीले इटालीमा लगभग आठ बर्षको समय बिताएका थिए।पश्चिमेली नागरिक हुन र रातो पासपोर्ट बोक्न लालायित कहिल्यै भएनन् मैनाली।नेपालमै  केहि काम गर्नुपर्छ भनेर सपरिवार नेपाल फर्किए।इटाली भाषामा पोख्त उनले पर्यटन ब्यवसायमा रहेर काम गरेपनि प्राज्ञिक क्षेत्रमा पनि उत्तिकै योगदान दिएका छन् रास्ट्रबैंक, धितोपत्र बोर्ड देखि लिएर त्रिभुवन बिश्वबिधालय सम्मका जर्नल हरुमा उनका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् उनका केहि उल्लेखनीय लेखहरु यस प्रकार छन्

1. (2011). Problems and prospects of stock market in Nepal,    SEBON Journal, 1(5), 35-58.

2. (2012). Financial sector reforms in Nepal: An overview. The Journal of Economic Concerns, 5(3), 58-64.

3. (2012).Government expenditure and economic growth in Nepal. The Economic Journal of Nepal, 35(4), 215-234.

4. (2013). Millennium development goals progress in Nepal. Mirmire, 41 (5), 296-308.

5. (2014). Government expenditure on economic services & social services and economic growth.  Mirmire, 42 (5), 248-264.

6. (2014). Economic appraisal of a project. Mirmire, 43(3), 297-305.

7. (2014).Government expenditure on agriculture & non-agriculture headings and their impact on respective sector. Nepal Rastra Bank Samachar, 2014, 70-80.

8. (2015). Trend and pattern of manufacturing industries in Nepal. Nepalese Journal of Economic Studies, 2(1), 67-83.

9.  (2015). Regional trend and performance of manufacturing industries in Nepal. Mirmire, 44(3), 295-312.

10. (2015). Problems and prospects of manufacturing industries in Nepal. The Economic Journal of Nepal, CEDECON, TU.

अर्थशास्त्रको अध्ययन र आर्थिक बिषयमा अनुसन्धान र लेख लेखेर मात्रै उनलाई चित्त बुझेन।अर्थशास्त्रमा त अध्ययन र अनुसन्धान गरेर निस्किएका निस्कर्ष मात्रै लेखिने रहेछन्।मनका कुरा व्यक्त गर्ने ठाउँ त साहित्य नै रहेछ भनेर पछिल्लो समयमा साहित्यमा प्रवेश गरे। लगनशीलता नै उपलब्धिको प्रमुख कारण हो।उनका  दुई गजल सङ्ग्रह `तुलसीको पात´ `नसुतेको रात´ मध्य पछिल्लो गजल सङ्ग्रह `नसुतेको रात´ निकै चर्चामा छ।उनी जे लेख्छन् स्वस्फूर्त लेख्छन र हरेक काव्यिक रचनाहरुमा लयात्मकता,सरलता र गहन भाव प्रस्तुत गर्दै सोहि वमोजिम वाचन गर्ने उनको अाफ्नै विशेषता छ।लेखनमा अाफ्नोपन भएको हुदा उनमा कसैको प्रभाव देखिंदैन।

गजलका अतिरिक्त गहन भावका कविता र चोटिला मुक्तक पनि उनका लेखाइ भित्र पर्दछन्।साहित्यिक मनहरुलाई समेट्न र साहित्यकको  बिकास स्थरोन्नतिमा  पनि उत्तिकै लागि पर्ने मैनाली पुष्पपराग साहित्य प्रतिष्ठान र शैली साहित्य समाजको संस्थापक सचिव रहेर कृयाशिल छन् उनको 4 वटा गजलहरु संग्रहित सांगीतिक  एल्बम पनि छिट्टै प्रकाशन  हुँदैछ

प्रतिक्रिया दिनुहोस्