गायक पुष्कल शर्माको मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” बजारमा



आफ्नो मान्छेसंगको सम्बन्धमा दरार उत्पन्न भएपछि मन विचलित हुनु स्वभाविक हो । दुई प्रेमहरुको जीवनमा आएका विभिन्न समस्याले उनीहरुको सम्बन्धमा दुखदायी असर गर्छ ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुुतिमा रितु जिसी र कृष्ण ढुङगानाको मार्मिक गीत “बेहुली बनी डोलीमा तिमी अन्मिदा” बजारमा आएको छ ।

चर्चित गायक पुष्कल शर्मा र गायिका रितु जिसीको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । रितु जिसी र कृष्ण ढुङगानाको शब्द तथा कृष्ण ढुङगानाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेकी बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा आशा खड्का , बुद्धविर र इन्द्र दाहाल शिशिरको अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्