कवि : प्रदिप वेरङ्गी



प्रदिप वेरङ्गी

सरसरी हेर्दा उमेर र समयले  मानिसलाई परिपक्क र परिष्कृत वनाउँछ। कतिपय मान्छेमा उमेर पुगेर पनि वच्चाको जस्तै व्यवहार हुन्छ भने कतिपयमा सानै उमेरमा पनि परिपक्कता अाउँछ।यस्तै कुनै पनि विधामा परिपक्क हुनको लगि धेरै वसन्त पार  गर्नैपर्ने र धेरै भोटाहरु फटाउनै पर्ने जरुरी छैन भन्ने कुरालाई  २४ वर्षे कलिला कवि प्रदिप वेरङ्गीले प्रमाणित गरेका छन्।

२०५० साल भदौ १८ गते बुबा राम्जी प्रसाद घिमिरे र आमा विष्णु मायाँ घिमिरेको कोखबाट नुवाकोट कल्लेरीडाँडाको मध्यम वर्गीय परिवारमा जन्मिएका प्रदिप घिमिरे (बेरङ्गी)सानै उमेरमा काठमाण्डौँ आएर स्वर्णिम स्कुलबाट प्रवेशिका परीक्षा उतिर्ण गरी कलेज अफ बायोमेडिकल इन्जिनियरिङ याण्ड अप्लाइड साइन्सबाट स्नातक तह उतिर्ण गरेका छन्।

सानै देखी गोपाल प्रसाद रिमालका कविताहरु वाट प्रभावित वेरङ्गीका कवितामा प्राय बिद्रोहको भाव हाबी हुनेगरेको छ।कवितामा फरक शैली वा फरक विषयवस्तु आउनुपर्छ भन्ने धारणा राख्दै आएका वेरङ्गीका कविताहरुमा विज्ञान, राष्ट्र प्रेम र ब्यङ्ग्यको गहन चिन्तन भेटिन्छ।

उनको अर्को महत्वपूर्ण विशेषता भनेको कविताको प्रस्तुतिकरण हो। वेरङ्गीले अाफ्ना हरेक कविताहरु कण्ठस्त रुपमा भाव र रस अनुसार प्रस्तुत गर्दा उनी कवि मात्र नभै एउटा रङ्गमञ्चको जिवन्त अभिनेता हुन् भन्ने अाभास हुन्छ।

अाफ्नो प्रस्तुतिकरण र लेखनकलालाई यहि गतिमा अगाडि वढाउँदै गए भने उनमा एउटा व्यवसायिक कवि वन्ने प्रवल सम्भावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस्