भवानी तिमिल्सिना न्यौपाने : गजलकार / मुक्तककार



भवानी तिमिल्सिना न्यौपाने

बुबा बिष्णु प्रसाद तिमल्सिना र आमा गोमा कु. तिमल्सिनाको कोखबाट २०३६/०५/०३ गते आइतबारका दिन रौतहट जिल्लाको चन्द्रपुर न.पा. वडा नं ८( तत्कालिन गा.वि.. सन्तपुर ( . ) वडा नं ८) मा भवानी तिमिल्सिना न्यौपानेको जन्म भएको थियो सामान्य किसान परिवारमा जन्मिएकी  उनी दाउरा घाँस गोठालो गर्दै गाउँकै श्री सुवलाल मा.वि.हाल ( सुवलाल भागवत उ.मा.वि)  मा कक्षा १ देखि १० सम्मको अध्ययन गरी उच्च मा.वि र स्नातक तहको  शिक्षा भने चन्द्र निगाहपुरको जन ज्योती बहुमुखी क्याम्पसबाट गरेकी थिइन्।सानै देखि साहित्य र खेलकुदमा रुचि भएकी भवानीले विधालयले आयोजना गरेका प्राय सबै कार्यक्रममा भाग लिने गर्दथिन।अन्य अतिरिक्त कृयाकलापमा प्रथम द्धितिय भएर  पुरस्कार समेत पाएकी उनले आफ्ना कविता मुक्तकहरु  लजालु स्वभावका कारण  विद्यालयमा कहिल्यै प्रस्तुत गर्न सकिनन्।

पढाईमा लगनशिल र मिहिनेती भएकै कारण विद्यालयबाट छात्रवृत्ति  समेत पाउनुको साथै सबै गुरुहरुबाट माया र हौसला पनि पाउने गर्थिन्। यसरीनै उनले २०५२ सालमा भएको विद्यालय स्तरीय विरेन्द्र शिल्ड प्रतियोगिता (हाल राष्ट्रपती शिल्ड )मा एथलेटिक्स र भलिवलमा प्रथम स्थान हाँसिल गरेकी थिइन।

वि ..२०५७ सालमा मकवानपुरका श्रीकृष्ण न्यौपाने सँग विवाह वन्धनमा बाँधिएकी भवानीका दुई छोरीहरु छन भने वि..२०६४ साल देखि शिक्षण पेशामा संलग्न छिन्। विवाह पछि  साहित्यिक रचनाहरु लेख्न चटक्कै छोडेकी भवानीले विभिन्न सामाजिक सञ्जालमा जोडिए पछि पुन: आफ्नो लेखनलाई शुरु गरेकी छिन्।गजल , मुक्तक,समाजमा भए र हुने गरेका सकारात्मक तथा नकरात्मक कुराहरुलाई सृजनात्मक कार्य मार्फत पाठक समक्ष पुर्याएर समाजमा चेतना फैलाउने काम भवानीका रचना मार्फत प्रष्ट हुन्छ।हाल उनका रचना विभिन्न पत्र पत्रीका,सामूहिक संग्रह, तथा देश विदेशबाट प्रसारण हुने रेडियो कार्यक्रमहरुबाट प्रसारण भैरहेका छन् भने उनी राष्ट्रिय नारी साहित्य परिषद तथा आँचल साहित्य कला कुञ्ज मकवानपुर साहित्यिक सँस्थामा आबद्ध छिन्।भविस्यमा गजल र मुक्तक लगायत विभिन्न विधामा पुस्तक प्रकाशन गर्ने समेत सोच राखेकी भवानीको साहित्यिक भविस्य उज्ज्वल देखिन्छ।

प्रतिक्रिया दिनुहोस्