अनिता भण्डारी पौडेल : गजलकार



अनिता भण्डारी पौडेल : गजलकार

पिता राजेन्द्र प्रसाद भण्डारी  र माता पिंगला देवी भण्डारीको कोखबाट चितवनको शिवनगरको शान्तिपुर भन्ने ठाउँमा पहिलो सन्तानको रुपमा अनिता भण्डारी पौडेलको  जन्म भएको हो उनले शान्तिपुर रा.प्रा.बि.बाट आफ्नो शिक्षा आरम्भ  गरेकी थिइन  र पछि शिवनगर नारायणी माध्यमिक बिधालय कक्षा ९ सम्म अध्ययन गरी पिताको नोकरीको शिलशिलासंगै बिराटनगर श्री सरस्वती मा.बि. बाट एस.एल.सी. सम्मको शिक्षा आर्जन गरेकी  थिइन् त्यसपछिको अध्ययनका लागि भरतपुरको वीरेन्द्र ब.क्याम्पसबाट प्रमाणपत्र तह र स्नातक तह सम्मको शिक्षा आर्जनपछि बैबाहिक जीवनमा बाधिएकी थिइन् एक छोरी र छोराको जन्म पछी उनले त्रिभुवन विश्वबिध्यालय कीर्तिपुरबाटपुस्तकालय तथा सुचना बिज्ञानमा स्नाकोत्तर Masters’ in Library and Information Science(MLISc) गरेकी हुन्  विभिन्न ठाँउमा नोकरी गर्दै हाल उनि एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट नंया बानेश्वरमा पुस्तकालय अधिकृतको रुपमा कार्यरत छिन

       साहित्य विधामा र लेखनमा स्कूल तहदेखि नै रूचि भए तापनि लेखिएका मध्य केहीमात्र लेखहरू सङ्ग्रहित गरेर डायरीमा राख्नतिर ध्यान गएको र बाकी ओझेल परेका उनी बताउँछिनफेसबुकको शुरुवात भएपछि साथीहरूका रचना देख्दा आफूभित्र सुषुप्त अवस्थामा रहेको लेख्ने कौतुहलता फेरि जाग्न गई लेख्न थालेकी उनि बताउछिन त्यसरी लेख्दै जाँदा २०७० सालमा आफ्नी छोरी आभाको नाममा एक हाइकु संग्रह धड्कनमा आभा’ र छोरा शास्वतको नाममा गजलसङ्ग्रह शाश्वत जीन्दगी’ प्रकाशनमा ल्याएकी छन् उक्त पुस्तकहरुको बिमोचन हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको भब्य कार्यक्रममा गजलकार श्री  पुष्पअन्जली अधिकारी ज्यूको अध्यक्षतामा  र प्राज्ञस् श्री बुँद राणा ज्यू  सहित विशिष्ट व्यक्तित्वहरुको हातबाट बिमोचन गराएकी थिइन्

उनका गजलहरु गजलकार श्री  पुष्प अधिकारी अञ्जलिको सम्पादन रहेको हैसियत’ संयुक्त गजलसङ्ग्रहरुमा,अक्षरहरुको पिरामिड’ शब्द शिबिर तथा हाम्रो मझेरीहरुमा  प्रकाशित भएका छन् भने गजलकार श्री  रुद्र अधिकारीको सम्पादन रहेको संयुक्त मुक्तकसङ्ग्रहमुक्तक चौतारी मा उनका पनि मुक्तकहरु समावेश गरिएका छन् साथै उनका रचनाहरु  गोरखापत्र ,नेपालभूमि साप्ताहिक पत्रिका तथा कपन बानेश्वर राष्ट्रिय साप्ताहिक पत्रिका तथा विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भैरहेको पाईन्छ  हाँस्न, हसाउन, घुम्न, रमाइलो गर्न, नाच्न मन पराउने उनीलाई लेखनमा जीवन खोज्ने उनको स्वभावले उनलाई अझै बढी  क्रियाशील बनाएको छ समयसँगै लेखन पनि परिवर्तन हुने धारणा उनको रहेको छ  २०७२  सालमा हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनबाट मोतीराम गजल प्रतिभा पुरस्कारबाट सम्मानित भई सकेकी  छन् भने नेपालभूमि साप्ताहिक पत्रिका तथा कपन बानेश्वर राष्ट्रिय साप्ताहिक पत्रिकाबाट पनि २०७२,२०७३ र २०७४ मा लगातार उत्कृष्ट गजलकारको रुपमा सम्मनित भइसकेकी  छन् २०७४ सालमा नै रचनास् अनिता भण्डारी पौडेल स्वर र संगीतस् सुवास अगमजुनको अधरनामक गीति एल्बम युटुब मार्फत यहिँ २०७४ माघ १० मा बिश्वब्यापी भइसकेको छ

हाल उनको बसाई  काठमाडौँको नयाँ बानेश्वर थापागाउँमा आफ्नो परिवारसंग  बस्दै आएकी छिन्  घुम्न मन पराउने क्रममा नेपालका थुप्रै  ठाउँहरु लगायत भ्रमण गरेका देशहरूमा भारत, मलेसिया र सिंगापुर रहेका छन्

प्रतिक्रिया दिनुहोस्