देशको लागि प्राण आहुति गर्नेलाई भुले सबैले



देशको लागि प्राण आहुति गर्नेलाई भुले सबैले
बम  बारुद    धरापमा  पर्नेलाई  भुले  सबैले

सिमानामा हुन थाल्छ जब आमाको चिरहरण
खुकुरी  बोकि बैरी काट्न सर्नेलाई भुले सबैले

स्वभिमान  जोगाउन  दुष्मन सँग लड्दा लड्दै
मुटु आफ्नो प्वालै प्वालले भर्नेलाई भुले सबैले

  होईन हामी भन्दै देश र  जनताका  खातिर
आफ्ना सपना अलपत्र  छर्नेलाई  भुले  सबैले

आफु मेटिएर  पनि  देशको मुहार  फेर्न भन्दै
टुहुरा बनाई  बाल  बच्चा मर्नेलाई भुले सबैले

भवानी तिमल्सिना न्यौपाने हेटौँडा५ मकवानपुर

प्रतिक्रिया दिनुहोस्