‘काजल’ लिएर दर्शकमाझ अर्जुनरत्न



गीतकार अर्जुनरत्न भिकारीको नयाँ गीत सार्वजनिक भएको छ । गीति एल्बम ‘पञ्चामृत’ मा समावेश ‘काजल’ बोलको गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र समिर खनालको अभिनय रहेको छ ।

एक वर्ष अघि सार्वजनिक भएको एल्बम ‘पञ्चामृत’मा समावेश सबै गीतहरुमा भिकारीको शब्द रहेको छ भने सम्पुर्ण गीतको एरेञ्ज सुनिल मास्केले गरेका हुन् । यसअघि एल्बममा समावेश दुईवटा गीतको भिडियो सार्वजनिक पनि गरिएको थियो ।

सुरेश लामाको स्वरमा सजिएको ‘काजल’ बोलको गीतलाई सञ्जीव बराइलीले एरेञ्ज गरेका हुन् । युवराज वाइबा निर्देशीत भिडियोमा उत्सव दाहालको छांयाकन र विकास दाहालको सम्पादन रहेको छ ।

प्रवासमा रहेर पनि साहित्य र गीतसंगीतमा निकै सक्रिय अर्जुनरत्नका थुप्रै गीतहरु लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्