लघुचलचित्र ‘परिस्थिति’ सार्वजनिक (भिडियो)



कोरोना कहरका बिचमा लघुचलचित्र ‘परिस्थिति’ सार्वजनिक भएको छ । मित्र गुरुङको कथा, निर्देशन र सम्पादन रहेको ‘परिस्थिति’मा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आरसी रिमाल, बिनु गुरुङ र देवराज भण्डारीको अभिनय छ । 

यस चलचित्रले कोरोनाले प्रभाव पारेको समाजको एक पाटोलाई देखाएको छ । कोरोना, यसले उत्पन्न समस्या, मानसिक तनाव लगायत कुरालाई चलचित्रले उठान गरेको छ । सावधानी अपनाउदा अपनाउदै कोरोनाको बारेमा फैलिएको अनावश्यक हल्ला चलचित्रको मुख्य विषय हो । चलचित्रमा एक पात्रले ‘साथीभाइ, आफन्त, इष्टमित्र सबै टाढा बनाइसक्यो यो कोरोनाले’ भन्ने संवाद निकै मर्मस्पर्शी छ ।

‘परिस्थिति’ मा विजय चौधरीको कला निर्देशन, रन्जित गुप्ता र देवेन्द्र मानन्धरको रचनात्मक सल्लाह, सागर श्रेष्ठको सहायक निर्देशन, साश्वत श्रेष्ठको पाश्र्व ध्वनि, राजकुमार श्रेष्ठको छायांकन, मनिष गौतमको लेखन तथा सबटाइटल, मनिष र मित्रकै पटकथा तथा संवाद छ । मनोजराज भण्डारी लाइन प्रोड्युसर रहेको लाई ज्ञान, धन र जिनियस गुरुङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्