बलीउड अभिनेता सुशान्तद्वारा आत्महत्या



बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको बताइएको छ । उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजपुतले किन आत्महत्या गरे भन्ने बिषयको जाच भैरहेको भारतीय मीडियाले उल्लेख गरेका छन् । 
टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका राजपुतले ‘काई पो चे’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेका थिए। ‘सुद्ध देशी रोमान्स’, ‘रब्ता’,  ‘पिके’, ‘ एमएस धोनी’ , केदारनाथ’ , ‘छिछोरे’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् । टेलिभिजनमा उनको पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ थियो। उनले एकता कपूरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चा कमाएका थिए । त्यसपछि उनले चलचित्रमा अभिनय थालेका थिए।

उनको अन्तिम रिलिज चलचित्र ‘छिछोरे’ रहेको थियो ।  यो चलचित्रले जस्तो सुकै अवस्थामा पनि आत्माहत्या नगर्ने संदेश छाडेको थियो । ३४ बर्षिय उनले आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्