अध्यक्ष दाहालले गरे पदभार ग्रहण



चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन् । गत बिहीवार बसेको मन्त्री परिषद्को बैठकले दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।  अध्यक्ष दाहाललाई  बधाई तथा शुभकामना दिन चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरु बोर्डमा पुगेका थिए ।

पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताए । सबैभन्दा पहिले कोरोना भाइरसले ठप्प बनाएको फिल्म क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनेतिर आफु केन्द्रित हुने उनले बताए । बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, इण्डोर फिल्म स्टुडियोको निर्माण, श्रमजिवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजना लगायतका कार्यक्रमहरु पनि क्रमशः कार्यन्वयन गर्दै जाने अध्यक्ष दाहालले बताएका छन् ।

‘म सधैं तपाईंहरुको साथमा रहनेछु । तपाईंहरुको साथ छाड्नु परेको दिन मेरो पनि कुनै अस्तित्व रहने छैन । त्यसैले तपाईंहरुका अफ्ठ्याराहरुलाई फुकाउने प्रयास गर्नेछु ।’ दाहालले भने ‘ नेपाली फिल्मको निर्माण, वितरण र प्रदर्शनलाई समेत सन्लुतनमा राख्न सक्नुपर्ने दायित्व म माथी छ, त्यसैले कोरोना भाइरसले समस्या ग्रस्त भएको फिल्म क्षेत्रलाई क्रियाशिल बनाएपछि अन्य काममा म विस्तारै अघि बढ्नेछु’  

२०४५ सालमा निर्मित चलचित्र ‘लाहुरे’ को पोस्ट प्रोडक्सनमार्फत् चलचित्र क्षेत्रमा भित्रिएका थिए । चलचित्र ‘दाइजो’ बाट निर्देशकिय यात्रा सुरु गरेका उनले अहिलेसम्म ४० भन्दा बढी चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्