लकडाउनका कारण डिस होममा रिलिज हुने भयो ‘हिरो रिर्टन्स’



चलचित्र ‘हिरो रिर्टन्स’ डिस होममा प्रदर्शन हुने भएको छ । लककडाउनका कारण हलमा प्रदर्शन गर्ने माहोल नमिलेपछि टिभिमा नै रिलिज हुने भएको हो । गत बैशाख अन्तिममा यो चलचित्र रिलिज गर्ने तयारी गरिएको थियो ।

“निर्माणको लामो समयसम्म पनि विविध कारणले चलचित्र प्रदर्शनमा ल्याउन सकिएको थिएन । ‘हिरो रिर्टन्स’ अहिले डिस होममा रिलिज भएपनि स्थिती सामान्य भएपछि हामी हलमा प्रदर्शन थाल्नेछौँ ।” निर्माता एवम् कलाकार धुव्र न्यौपानेले भने ।

लकडाउनका कारण चलचित्र क्षेत्र पनि निकै प्रभावित बन्न पुगेको छ । थुप्रै चलचित्रहरु रिलिजको तयारीमा भएर पनि थन्किएर बस्नु परेको छ । जबसम्म स्थिती साम्य हुँदैन तबसम्मका लागि चुपचाप बस्न बाध्य हुनुपर्ने देखिन्छ । ‘हिरो रिर्टन्स’को पनि नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने तयारी गरिएको थियो । तर लकडाउन भएपछि सबै योजना फेल भएको निर्माता न्यौपाने बताउँछन् । उनी मकवानपुरका सफल व्यवसायी, समाजसेवी एवम् कलाकार हुन् ।

अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठ अभिनीत चलचित्र ‘हिरो रिर्टन्स’मा दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’ को संयुक्त व्यानरमा निर्माण भएको ‘हिरो रिर्टन्स’मा भिम न्यौपाने र धुव्र न्यौपानेले लगानी रहेको छ । आशिष भेटवालको निर्देशन रहेको यो चलचित्र यही जेठ ३० गतेबाट डिस होममा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्