‘एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?’–रेखा थापा



पश्चिम रुकुममा भएको घटनालाई लिएर अभिनेत्री रेखा थापाले दोषीमाथि कारबाही र पीडितलाई अबिलम्ब न्यायको माग गरेकी छन् । तर, उनले यस घटनामा जोडिएको किशोरीको समाजिक सञ्जालमा चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् ।

रेखाले सामाजीक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘समाजविरुद्ध अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ? दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइजत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ?’

प्रतिक्रिया दिनुहोस्