हिट गीतको ‘म्यास अप’ भिडियो लिएर दर्शकमाझ देविका



ख्यातिप्राप्त गायिका देविका बन्दनाका गीत ‘वेष्ट अफ देविका वन्दना’ सार्वजनिक भएको छ । देविकाकै युट्युव च्यानल मार्फत उनका नयाँ पुराना गीतहरु सार्वजनिक भएको हो ।

देवीकाले गएका नयाँ पुराना गीतहरुको सङ्गालो रहेको उक्त गीतको सङ्गीत सम्योजन, मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानले गरेका छन् । अडियो रेकर्डिङ बुटवलको म्युजिक हब (साजन श्रेष्ठ) र निहारीका फिल्मस (दीपक श्रेष्ठ)मा भएको हो ।

केही पुराना गीतहरुको भिडियो काटछाँट गरिएको छ भने नयाँ भिडियोको छायाँकन, सम्पादनलगायतका सम्पुर्ण कार्य बुटवलको निहारीका फिल्मस् प्रा. लि.बाट सम्पन्न भएको छ ।

नयाँ कलाकारद्वय मेनुका थापा र निहारीका श्रेष्ठले अभिनय गरेको गीतको नयाँ भिडियोको छायाँकन र सम्पादन योगेश शाक्यको रहेको छ । कोरियोग्राफी र सम्पुर्ण व्यवस्थापन दीपक श्रेष्ठको रहेको छ भने यो सम्पुर्ण प्रोजेक्टको कन्सेप्ट देविका बन्दना आफैँको रहेको छ । हिट गीतको ‘म्यास अप’ भिडियो निकै सुन्दर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्