सुप्रसिद्ध स्रष्टा रत्न शमशेर थापाको निधन



आदरणीय सुप्रसिद्ध स्रष्टा रत्न शमशेर थापाको निधन भएको छ । बिहीबार १२ बजे उनको निधन भएको आधिकारीक जानकारी प्राप्त भएको छ । मुटुको अप्रेसर गरेर कमलपोखरीस्थित घरमै आराम गर्दै आएका थापालाई अकस्मात स्वास्थ्यमा समस्या आएपछि बुधबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

नेपाली गीत सङ्गीताको दुनियाँमा जिउँदो इतिहासको रूपमा चिनिने थापाको निधनप्रति सम्पुर्ण कलाप्रेमी तथा कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनको निधनले नेपाली गीतसंगीतको क्षेत्रमा अपुरणिय क्षति भएको छ । उनको ‘घुम्तीमा नआऊ है’, ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’, ‘पंक्षीमा डाँफे’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा’ लगायत कैयौँ गीतहरु प्रख्यात छन् ।

देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफ टाइम एचिभमेन्ट अवार्ड (हिट्स एफ । एम ।), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि बाट
थापा सम्मानित भएका थिए ।

सन् १९३९ मा जन्मिएका  थापाको ८१ बर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गीतकार
रत्न शमशेर थापाप्रति हार्दिक श्रद्धान्जली !

प्रतिक्रिया दिनुहोस्