युट्युबमा रिलिज भयो ‘साईनो’



नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साईनो’ युट्युबमा पनि रिलिज भएको छ । बोधी एचडी युट्युब च्यानलमा यो फिल्म राखिएको छ ।

लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा पनि राखिएको निर्देशक रमेश थापाले बताए । कुनै पनि चलचित्र नचलेका बेला गत वर्ष हलमा रिलिज भएको यो चलचित्रले भने राम्रो तारिफ पाएको थियो ।

चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र ‘साईनो’मा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र ‘साईनो’लाई अभिमन्यु निरबीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्