सुरेश पाण्डेयका पाँच मुक्तक



….

हरेक मन्दिर भित्र ढुङ्गा छ अनि पुजारी छ!
मन्दिरमा जान साँझ बिहान मान्छे तयारी छ!!
फुल माला अनि पैसा चढाउँछन् के को लागि!
यत्ति सोच्दैनन् फर्केर बाहिर पनि भिखारी छ!!

……

यसै सालमा घरको छाना छाउन पाए हुन्थ्यो !
निष्ठुरीलाई आफ्नो बनाई ल्याउन पाए हुन्थ्यो !!
कुरा भित्रै हानाहान भैदिन्छ मैले कुरा खोल्दा !
उताबाट आफै माया गरि आउन पाए हुन्थ्यो !!

…….

मेरो जस्तै एग्लो जिवन जिएर र त हेर !
गन्तव्यको एउटा लक्ष्य लिएर र त हेर !!
कति लाग्छ ठेस चल्दाचल्दै सफरमा !
त्यो पिडाको थोरै आसु पिएर रत हेर !!

……

बाचुन्जेल तिमी संग बोल्न पाए हुन्थ्यो !
पवित्र मन सोची तिम्ले माया लाए हुन्थ्यो !!
तिमी बिना बाँच्न सक्ने हिम्मत छैन मेरो !
दुख पिडा बुझी तिम्ले अब आए हुन्थ्यो !!

…..

आउँछु पक्कै सपनिमा इन्तजार हजुरको !
जन्मौ देखि पर्खिबसेँ पाउन प्यार हजुरको !!
कहिले घाम कहिले पानीले रोकिँदा सफर !
भुल्या छैन आउँछ याद बारम्बार हजुरको !!

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर

प्रतिक्रिया दिनुहोस्