कविता लिएर दर्शकमाझ नरेश



विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीलाई रोक्न देश लकडाउनमा छ । यो समयलाई सदुपयोग गर्न व्यक्तिहरु आ–आफ्ना रुचीको काममा लागिरहेका छन् । सेलिब्रेटीहरु विभिन्न माध्यमबाट दर्शक तथा श्रोतासँग जोडिरहेका छन् ।

सञ्चारकर्मी नरेश भट्टराई कविताको माध्यमबाट दर्शकसँग जोडिएका छन् । गीतकार , कथाकार , मोडलको परिचय बनाइसकेका नरेशले केहि समय अगाडी भ्यालेन्टाइन डेमा आयोजित एक इभेन्टमा आफुलाई कविको रुपमा परिचित गराएका थिए । यद्दपी उनले कविता रचना थालेको झन्डै दुइ दशक भइसकेको छ । ‘नरेश भट्टराई’ नामक आफ्नै च्यानल मार्फत उनले कविता ल्याएका हुन् ।

होस्ट, कलाकार, कथाकार, स्क्रिप्ट लेखक तथा गीतकारको रुपमा परिचित नरेशका ‘न कुनै बन्धन न कुनै परिधि’, ‘तिमी नै हौ’, ‘कति माया’, ‘हे माया’, ‘आफ्नै छायाँले’, ‘जले म जलेँ’ लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्