एक कविता



दूरता को आभाष
गराउदै
सुरज डुबेर गयो,
भोलि फर्किने बाचामा
म लहरा बनेर
प्रतिक्षारत रहेँ ,
एक्लोपनमा गुनगुनाईरहेँ
उ गए देखि
मनमा अन्कुरित आँकुरा
मेरो हृदय र मस्तिष्कलाई
अचेत पारिरहेछन,
अतिशय प्रेमको लालसा
दियोमा पुतलीको आत्मदाह जस्तै
मेरा भावहरु मारिरहेछन,
तर पनि एक आशा,
पुनः जिउँदो बनाउछ मलाई
त्यो देह को आकर्षण हो
या प्रेमको समर्पण
यी नयनहरुमा
उसकै तस्वीर प्रतिबिम्बित
गराउँछ,यो दर्पण ।
र म भोलि को सुर्योदयको
आशामा सुन्दर अनुभूति लिएर
पुनः प्रतीक्षारत रहेँ ।

सिर्जु शाह
वीरेन्द्रनगर ७ सुर्खेत, कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस्