अघि बढ्नलाई सहयोगी हात चाहिन्छ



अर्काको प्रगतिमा निकै डाह गर्छ मान्छे
आफूलाई चोख्याउन खोज्दा विष भर्छ मान्छे

सकेसम्म साथ देऊ अारीसैले जल्नु भन्दा
ढलाउँछु भन्दा स्वयं नर्कतिर तर्छ मान्छे

एउटा अघि बढ्नलाई सहयोगी हात चाहिन्छ
द्वेश, राग, घमण्डले रित्तिएर मर्छ मान्छे

अाफ्नै पहिचान होला तर चिनाईदिने अरुले हो
अात्मप्रचार गर्यो भने भड्खेलामा पर्छ मान्छे

आफू जित्न आरुलाइ ढाल्ने खेल रच्दै गर्दा
जानु पर्ने अगाडि हो पछिल्तिर सर्छ मान्छे

पुजा भुसाल,भरतपुर चितवन

प्रतिक्रिया दिनुहोस्