डिस्चार्ज भएलगत्तै कनिकालाई मुद्दा



गायिका कनिका कपुरलाई डिस्चार्ज भएलगत्तै मुद्दा लागेको छ । कोरोनाबाट सङ्क्रमित कनिका मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । उनको पाँच पटकसम्म कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर पछि लगातार नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । १५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी उनी बिरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैलाएको आरोपमा मुद्दा हालिएको छ ।

कोरोना सङ्क्रमण भएको बेला उनले कन्सर्टमा गएर रोग फैलाएको र पार्टी समेत दिएको आरोप उनलाई लागेको छ । कनिकालाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन नोटिश दिएको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्