हेर्नुहोस्, घरमै बसेर निर्माण गरिएको बलिउड शर्ट फिल्म ‘फ्यामिली’



कोरोना भाइरसको महामारीले यतिबेला विश्व नै आतंकित भएको छ । सबै कामहरु ठप्प भएका छन् । सरकारले लकडाउनको अवधि बढाइरहेको छ । विश्वमा नै यसबाट सुरक्षित रहनका निम्ति विभिन्न प्रक्रियाहरु अघि बढाइएको छ ।

मनोरञ्जन क्षेत्र पनि यसबाट अछुतो छैन । कलाकारहरु घरमै विभिन्न कामहरु गर्दै आफ्नो मन बहलाइरहेका छन् । उनीहरु सर्वसाधारणलाई घरमै रहनको लागी आग्रह गर्दै सन्देशमुलक भिडियो निर्माण गरिरहेका छन् । यसैबिच बलिउडका चर्चित कलाकारहरु समेटेर बनाइएको एक शर्ट फिल्म सार्वजनिक गरीएको छ । ‘फ्यामिली’ नाम दिइएको उक्त शर्ट फिल्ममा अमिताभ बच्चन, प्रियंका चोपडा, रनवीर कपुर, रजनीकान्त, मोहनलाल, प्रोसेंजित चटर्जी, अलिया भट्ट, चिरन्जीवी, शिब राजकुमार, सोनाली कुलकर्नी लगायतले अभिनय गरेका छन् । फिल्ममा अमिताभ आफ्नो चस्मा खोजिरहेका छन् भन्ने अन्य सबैले उनलाई मद्धत गरिरहेका छन् ।

सोनी पिक्चर्स नेटवर्क इंडिया, कल्याण ज्वेलर्स र अमिताभ बच्चनको सहयोगमा प्रसुन पाण्डेले निर्देशन गरेको फिल्ममा रहेका सबै दृश्यहरु सबै कलाकारले आ–आफ्नो घरमा खिचेका हुन् । यो महामारीको समयमा घर नै सबैभन्दा सुरक्षीत स्थान हो भनेर सबैलाई बुझाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्