प्राविधिकलाई पूजाको दुई लाख सहयोग



लक डाउनको कारण थुप्रै व्यक्तिमा आइपरेको आर्थीक संकटको लागी सबैले एक भएर सहयोग गरिरहेका छन् । यो काम चलचित्र क्षेत्रमा पनि चलिरहेको छ ।

हाम्रा उद्योगका नायक नायीकाले समस्यामा परेका व्यक्तिहरुलाई सहयोगको गर्न आफ्नो तर्फबाट केही रकमहरु घोषणा गर्ने क्रम जारी छ । यसै क्रममा अभिनेत्री पूजा शर्मा पनि अघि सरेकी छिन् । उनले आइतबार २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी छिन् । अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यान्न सामाग्री किनेर प्राविधिकहरूलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।

यसै गरी अभिनेत्री वर्षा राउतले पनि ५१ हजार नगद सहयोग गरेकी छिन् । सङ्घमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरी तीन सय जनालाई राहत वितरण गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्