पलले ५ लाख सहयोग गर्ने



कोरोना भाइरसको संक्रमणले डरले नेपालमा लकडाउन भएको पनि ११ दिन भइसकेको छ । यतिबेला आर्थीक संकट परेका व्यक्तिलाई सहयोग गर्ने प्रक्रिया चलिरहेको छ ।

शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको थियो । यसबीच, अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरेका छन् । फेसुबकमा स्टाटस लेख्दै अभिनेता शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् ।

पलले सहयोग रकम घोषणा गर्दै सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन्,“आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाइँहरु सबैको साथमा म सधैँ हुनेछु” उनको यो कार्यको सबैले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्