सलमानको ‘राधे’ इदमा रिलिज नहुने



कोरोना भाइरसले यतिबेला विश्व नै हल्लाईदिएको छ । केही आकस्मिक कामबाहेक सबै क्षेत्रका दैनिक कामकाज ठप्प भएको छ । सेलिब्रेटिहरु पनि घरमै समय बिताइरहेका छन् । उनीहरु क्यामेराबाट टाढा छन्, पर्दाबाट टाढा छन् । यो समय यस्तो भएको छ की कसैले यसरी छुट्टि मनाउन चाहँदैनन् ।

बलिउड स्टार सलमान खानको चलचित्र ‘राधे’को छायांकन तेज गतिमा भईरहेको थियो । त्यस्तैमा कोरोनाको कारण यसमा ब्रेक लाग्यो । एक हप्तामा स्थिती समान्य होला भन्दै गर्दा भारत सरकारले २१ दिन लकडाउन गरेपछि निर्माण युनिट तनावमा छन् । यो पछि पनि के हुने हो थाहा छैन । कलाकारहरुको डेट फेरी लिनु, छायांकन पुनः शुरु गर्नु जस्तो झन्झटिलो कामले चलचित्र २२ मे भन्दा अघि तयार हुने सम्भावना निकै कम छ ।

सुत्रानुसार सलमान घरमै चलचित्रको इडिटिङको काम गरिरहेका छन् । तर पनि सलमानलाई लागिसकेको छ इदमा ‘राधे’ रिलिज हुने सम्भावना निकै कम छ । हरेक वर्ष इदमा सलमानको चलचित्र कुर्ने फ्यानहरुलाई यो इद सायद खल्लो हुनेछ ।

स्रोत– बलिउड न्युज

प्रतिक्रिया दिनुहोस्