कनिकालाई कोरोना



भारतीय गायिका कनिका कपूर कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । उनलाई कोभिड १९ पोजेटिभ देखिएको उनले जानकारी सार्वजनिक गरेकी छिन । उनि ९ मार्चमा लण्डनबाट भारत फर्केकी थिइन् । 

उनी लन्डनबाट फर्किदा एर्पोटमा जाँच नगरी घर फर्किएकी थिइन् । र लन्डनबाट फर्किएपछि साथीभाइलाई डिनर पार्टी समेत दिएकी थिइन् । यसले गर्दा उनको सम्पर्कमा आएका हरूलाई पनि कोरोना सङ्क्रमण हुने आशङ्का गरिएको छ । कनिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट कोरोना लागेको जानकारी दिँदै लेखेकी छन्, ‘सबैलाई मेरो नमस्कार, पछिल्लो ४ दिनदेखि मलाई फ्लुको लक्षण थियो । मैले आफै जाँच गराउँदा कोभिड १९ पोजेटिभ आयो । अहिले म र मेरो परिवार आइसोलेशनमा छौँ । अब, कसरी अगाडी बढ्ने बारे चिकित्सकको सल्लाह पालना गर्दै छौँ ।’

कनिका हाल लखनऊको किंग जोर्ज मेडिकल यूनिभर्सिटी अस्पलानको आइसोलेशनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्