दया, विपिन, वर्षा र विपिनलाई लिएर सुव्रतको नयाँ चलचित्र



निर्देशक सुव्रतराज आचार्यले नयाँ चलचित्र बनाउने भएका छन् । उनले निर्देशन गर्ने ‘के घर के डेरा’ नामक चलचित्रमा लोकप्रिय अभिनयद्धय दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्ने भएका छन् । स्मरण रहोस्, ‘के घर के डेरा’लाई करीब तीन दशक अघि प्रदीप रिमालले निर्देशन गरेका थिए । यहि चलचित्रको नाम सापटि लिएर नयाँ चलचित्र बनाइने भएको हो ।

‘के घर के डेरा’ लाई सिंगे लामाले निर्माण गर्दैछन् । यसअघि लामाले ‘जात्रा, ‘हरि’ र ‘जात्रै जात्रा’ निर्माण गरेका थिए । सामाजिक विषयवस्तुमा बन्ने चलचित्रका लागि अभिनेत्रीमा वर्षा राउतको नाम चर्चामा छ । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा निर्माण हुने चलचित्रमा रविन्द्र झाको पनि प्रमुख भूमिका रहनेछ । यसअघि चलचित्र ‘जात्रै जात्रा’मा दया, विपिन, वर्षा र रविन्द्रले एकसाथ काम गरिसकेका छन् ।

चलचित्रको पटकथा आगत केसी र निर्देशक आचार्यले मिलेर लेखेका छन् । चलचित्रलाई दिर्घ गुरुङले खिच्नेछन् । केही दिनमै चलचित्रको औपचारीक घोषणा गरिने निर्देशकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्