‘दि कर्मा’को ‘साना साना सपना…’ सार्वजनिक (भिडियो)



चलचित्र ‘दि कर्मा’को नयाँ गीत ‘साना साना सपना…’ सार्वजनिक गरिएको छ । मानस बिक्रम थापाको शब्द, केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकित बाबु अधिकारीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार जयराज राय र संगीता नापितको अन स्क्रिन्स रोमान्स देख्न सकिन्छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । चलचित्रको कथा निर्माता जय राज राय आफैँले लेखेका हुन् ।

रायलाई चलचित्र निर्माणमा श्रीदेव बीएल र निशा खतिवडाले सघाएका छन् । तराई क्षेत्रमा छायाँकन भएको चलचित्रमा जय र संगीतासँगै परमिता आर.एल. राणा, करण वर्मा, निता ढुंगाना, बुद्दि तामाङ, अनुप सक्सेनालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही माघ १७ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्