‘स्ट्रिट डान्सर थ्रीडी’मा नेपाली डान्सर सुशान्त पनि



बलिउडको यस वर्षको प्रतिक्षीत चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’मा नेपाली मुलका चर्चित डान्सर सुशान्त खत्रीको पनि अभिनय रहेको छ । भारतिय डान्स रियालिटी शो ‘डान्स प्लस’बाट चर्चामा आएका सुशान्त खत्री पहिलो पटक बलिउड चलचित्रमा देखिदैछन् । सुशान्तले नृत्य गरेका ‘सानु माया’, ‘नीरमाया’, ‘पिच रोड’, ‘ठूली ठूली’, ‘मंगली’ लगायतका गीत यूट्युबमा निकै चर्चित छन् । 

नेपाली दर्शकलाई आगामी माघ १० गते देखि प्रर्दशन हुने फिल्म हेर्न भारतिय कलाकार वरुण धवन र श्रद्धा कपूरले आग्रह गरेका छन् । उनीहरुले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो फिल्म २४ जनवरीबाट प्रर्दशन हुँदैछ । जसको नाम हो ‘स्ट्रिट डान्सर थ्रीडी’ । यो फिल्ममा नेपालको निकै मिहेनती र प्रतिभाशाली डान्सर सुशान्त खत्री छन् । हामीलाई थाहा छ नेपालमा धेरै स्ट्रिट डान्सर छन् । तपाईहरु हामीलाई पनि माया गर्नु हुन्छ । हाम्रो यो फिल्मलाई माया गर्नुहोला ।’ 

रेमो डिसुजाले निर्देशन गरेको चलचित्रमा वरुण, श्रद्धा, सुशान्तसँगै प्रभु देवा, अपारशक्ति खुराना, नोरा फतेही, शक्ति मोहन लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रभु देवा कोरियोग्राफरको भुमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्