कसले दिएको छ धड्कन किस्ता किस्तामा



दिन सक्दिन यो पवित्र मन किस्ता किस्तामा
यस्तो कतै छैन दिने चलन किस्ता किस्तामा

तिमी पत्ता लगाएर आउ संसार भरि अनि भन
कसले दिएको छ धड्कन किस्ता किस्तामा

म एक्लै रमाउन चाहन्छु प्रिया बाँकी जिन्दगी
अरु कसैलाई देउ त्यो जिवन किस्ता किस्तामा

बेला बेलामा कुरा नगर्नु बा आमाको सम्पति हो
मैले बेच्न सक्दिनँ यो आँगन किस्ता किस्तामा

किन मागिरहेकी छौ बेला बेलामा जिन्दगी मात्र
अरु पनि त धेरै चिज मिल्छन किस्ता किस्तामा

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर

प्रतिक्रिया दिनुहोस्