कसको जालमा फसे हरिवंश ?



हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा ‘म त फसेँ माकुरीको जालमा परेर ‘ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा हरिवंश आचार्य र टिका प्रसाईँको स्वर रहेको छ भने शब्द हिरण्य भोजपुरेको रहेको छ । ‘म त फसेँ माकुरीको जालमा परेर ‘मा सङ्गीत हरि शरणले भरेका छन् । बुधवार राजधानीमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

गीत महसंचार युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतको भिडियोमा हास्य कलाकार हरिवंश आचार्य र गायिका टिका प्रसाईँ स्वयम् फिचर्ड छन् । भिडियोलाई आराध्या लक्ष्मी खड्कीको निर्देशन गरेकी हुन् भने सोहन मानन्धरको छायाङ्कन र सम्पादन रहेको छ । कमेडी भावमा बनेको गीतको भिडियोमा नेपाली संस्कृति र भेष भूषा समेटिएको छ । जसले भिडियोलाई फरक र आफ्नो पन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्