प्रियंका संसारकै १०० सफल महिलाको सुचीमा



बलिउड अभिनेत्री प्रियंका चोपडा संसारकै सबैभन्दा सफल र प्रेरणदायी १०० महिलाहरुको सुचीमा सामेल भएकी छिन् । बलिउड देखी हलिउडसम्म आफ्नो छाप छोड्न सफल प्रियंकाको तारिफ जताततै भइरहेको बेला उनलाई थप एक सफलता मिलेको हो ।

अनलाइन प्लेटफर्म ‘क्रिएट एण्ड कल्टीवेट’ले निकालेको सुचीमा प्रियंका चोपराको नाम मनोरञ्जन दुनियाँको विधामा टप १०० अन्र्तगत सामेल गराइएो हो । यो वेबसाइटले फेशन, फुड, इन्टरटेन्मेन्ट, एन्टरप्रेन्योरशिप, हेल्थ, कन्टेन्ट क्रियशन, ब्यूटीका साथ म्युजिक क्षेत्रका टप महिलाहरुको लिस्ट तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्