‘डलर’ गीतमा सरोज र आश्मासंग वर्षाको ठुम्का



र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वरमा रहेको ‘डलर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको सङ्गीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड छन् ।

गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेका छन् । मनोज बस्नेतको निर्माणमा बनेको ‘डलर’ गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्