प्रेमीसंग म्युजिक भिडियोमा साम्राज्ञी



नेपाली चलचित्र क्षेत्रमा डेब्यु चलचित्रबाटै वाहवाहि कमाउने नायीका हुन्, साम्राज्ञी राज्य लक्ष्मी शाह ।  अभिनेता अनमोल केसीसँग ‘ड्रिम्स’ बाट  डेब्यु गरेकी यिनको ‘ए मेरो हजुर २’ पनि सफल चलचित्र हो ।

एक पछि अर्को चलचित्र हिट भएपछि साम्राज्ञीलाई नम्बर वान हिरोइन मान्नेहरु पनि धेरै थिए । तर अहिले साम्राज्ञीको समय अनुकुल छैन । उनी अभिनित पछिल्ला चलचित्रहरु सबै फ्ल्पको सुचिमा छन् । साम्राज्ञी अभिनीत ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ बक्सअफिस चल्न सकेनन् ।  त्यसैले निकै सोचेर मात्र चलचित्रमा अभिनय गर्ने सोचमा छिन्, साम्राज्ञी । उनी छिट्टै हेमराज वि.सीको चलचित्रमा अभिनय गर्दैछिन्, जसमा प्रदिप खड्का उनको अपोजिटमा रहने कुरा छ ।

साम्राज्ञीको लेटेस्ट कुरा गर्ने हो भने उनी पहिलोपटक म्युजिक भिडियोमा देखिँदैछिन् । त्यो पनि उनका प्रेमी देवांश जङ्गबहादुर राणासंग । उनीहरू एक म्युजिक भिडियोमा एकसाथ देखिने भएका छन् । साम्राज्ञीले सामाजिक सञ्जालमा प्रेमी देवांशसँगको तस्बिर शेयर गर्दै म्युजिक भिडियोमा अभिनय गरेको जानकारी गराएकी हुन् । उनले आमा नेहा आरएल शाहको स्वरमा रहेको ‘तिमी र म’ बोलको गीतमा अभिनय गरेको बताएकी छिन् । 

के हिट होला साम्राज्ञीको पहिलो म्युजिक भिडियो ?

प्रतिक्रिया दिनुहोस्