आयुष्मान बने समलिङ्गी (भिडियो)



अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आयुष्मान को एक केटासँग प्रेम भएको देखाइएको छ । समलिङ्गीसंग प्रेम भएको थाहा पाएपछि परिवारले गर्ने विरोध र त्यसबाट उत्पन्न द्धन्द ने चलचित्रको मुख्य विषयवस्तु हो ।

चलचित्रलाई हिटेश केवल्याले निर्देशन गरेका हुन् । सोमबार युट्युबमा सार्वजनिक गरिएको ट्रेलर दर्शकले अत्यन्तै रुचाएका छन् । पछिल्लो समय आयुष्मान अभिनित सबै चलचित्रहरु हिट छन् । यो चलचित्र पनि सफल हुने अनुमान लगाउन सकिन्छ ।


भुषन कुमार, कृशन कुमार, आनन्द एल राय, हिमांशु शर्माले निर्माण गरेको चलचित्रमा आयुष्मानका साथमा गजराज राव, नीना गुप्ता, मनुऋषि चड्ढा, जितु के, सुनिता राजवर लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र २१ फेब्रअरीमा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्