‘परदेशका कथा’ आउंदै



यहि माघ ५ गते आइतबार, दिउंसो ३:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौं मा उत्तर अमेरिकामा बसोबास गर्ने कथाकारहरुको संयुक्त कथा संगालो ‘परदेशका कथा’ को लोकार्पण हुने भएको छ ।

पुस्तकका सम्पादक कृष्ण कुसुमका अनुसार यस संग्रहमा अमेरिकी भावभूमिका २४ कथाहरु संग्रहित छन् । उक्त कार्यक्रमको आयोजना सो पुस्तकको प्रकाशक समेत शिखा बुक्सले गरेको हो ।

‘परदेशका कथा’ नेपाली साहित्यमा कथालाई नै लेखनको मुल धार बनाएर लेखिरहेका उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारको संयुक्त संगालो हो ।

प्रतिक्रिया दिनुहोस्