आदित्य र दिशाको मस्तीमा अनिलको पागलपन : ‘मलंग’ ट्रेलर



चलचित्र ‘मलंग’को ट्रेलर सार्वजनिक भएको छ । मोहित सुरीले निर्देशन गरेको यो चलचित्रमा चार किलर देखाइएको छ । सार्वजनिक ट्रेलरमा उनीहरुलाई कसैलाई मार्नु ठूलो कुरा नभएको उल्लेख गरिएको छ ।
ट्रेलर हेर्नुस्–

अनिल कपूरसँगै आदित्य राय कपूर, दिशा पाटनी र कुनाल केम्मुको मुख्य भुमिका रहेको चलचित्रको ट्रेलर आकर्षक बनेको छ । भुषण कुमार, किशन कुमारको लगानी रहेको चलचित्रको कथा असेम अरोराले तयार पारेका हुन् । ‘मलंग’ माघ २४ गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्