एउटा गीत खिच्न बाँकी राख्दै सकियो ‘चपली हाइट ३’ को छायाँकन



चलचित्र ‘चपली हाइट ३’ को छायाँकन सकिएको छ । छायांकन सुरु भएको ३२ दिनमा चलचित्रको सुटिङ सम्पन्न भएको निर्माता अर्जुन कुमारले बताएका छन् । सोमबार मात्रै इन्डक्ल्याप गरिएको चलचित्रको एक गीत भने केही दिनमा खिचिनेछ ।

निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले निर्माण गरेको चलचित्र सस्पेन्स थ्रिल जनराको हो ।

‘चपली हाइट ३’ को प्रदर्शन मिति यस वर्षको चैत २८ गतेलाई तोकिएको छ । सोही मितिमा ‘प्रेम गीत ३’ प्रदर्शन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्