बहिरा संघमा सुमीको जन्मदिन



आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को दुइ गीत र एक टिजर सार्वजनिक भइसकेको छ । पहिलो गीत ‘कुले दाइ’ ले चर्चा पाउँदै गर्दा निर्माण पक्षले चलचित्रको टिजरपछी दोस्रो गीत ‘केहि आधा’ सार्वजनिक गरेको थियो ।

रिभेन्ज स्टोरी भनिएको चलचित्रमा सुमीको एक्सन अवतारले टिजरबाटै चर्चा पाएको थियो । यसैक्रममा सुमीले आफ्नो पछिल्लो जन्मोत्सव काठमाण्डौ बहिरा संघमा मनाएकी छिन् । गैरीधारामा रहेको संघमा पुगेर केक काट्दै उनले आफ्नो जन्मदिनको खुसियाली साटेकी हुन् । आफ्नो क्यारेक्टरको लागि उनले त्यहाँ केहि समय बिताएकी थिइन् , त्यसै क्रममा उनि नजिक भएकी हुन् । केक काट्दै उनले त्यहाँ उपस्थितसँग कुराकानी गर्नुका साथै फलफुल पनि बाडेकी थिइन् । असोज २३ मा उनले आफ्नो जन्मोत्सव मनाएकी हुन् । त्यहाँ पुगेर जन्मदिन मनाउन पाउँदा आफुलाई निकै खुशी लागेको सुमीले बताईन् ।

रिभेन्जको कथामा निर्माण भएको एक्सन जनराको चलचित्रलाई चर्चित छायांकार हरी हुमागाईले निर्देशन गरेका हुन् । चलचित्रमा सुमी र सन्नीसँगै आमिर गौतम, सम्पदा दाहाल, पराक्रम राना, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुना कार्की, प्रतिक दुलाल, मनोज तामाङ, महिसा पुन मगर लगायत कलाकारको अभिनय रहेको छ ।

विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्मस् स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् । श्री महर्जन सह निर्माता रहेको चलचित्रलाई राघव कृष्ण गौतमले लेखेका हुन् । ‘सरौतो’मा शंकर महर्जनको एक्सन, उत्तम हुमागाईको छायांकनको साथमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोसिस क्षेत्रीको संगीत समावेश छ । सम्पादन निमेष श्रेष्ठले गर्दैछन् भने प्रविन मानन्धरले कलर र भिएफएक्सको पाटो सम्हालेका छन् ।



प्रतिक्रिया दिनुहोस्