‘बाला’ ट्रेलरमा कपाल नभएका आयुष्मान



आयुष्मान खुराना अभिनित नयाँ चलचित्र ‘बाला’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर हाँस्यप्रधान छ । यसले पुरुष र महिला सौन्दयर्ताको पक्षमा व्यक्ति र समाजको आँखालाई चित्रण गरेको छ ।

चलचिको मुख्य पात्रको रुपमा आयुष्मानले अभिनय गरेका छन् । कपाल नहुँदा एउटा पुरुषले के–कस्तो समस्या भोग्नुपर्ने हुन्छ, त्यो चलचित्रले देखाएको छ । चलचित्रमा आयुष्मानसंगै भूमी पेडनेकर, यमी गौतम, सीमा पाहवा, सौरभ शुक्ला लगायतले पनि मुख्य भुमिकामा अभिनय गरेका छन् ।

अमर कौशिक निर्देशित चलचित्र नोभेम्बर ७ मा प्रदर्शनमा आउनेछ । जिओ स्टुडियो र दिनेश भिजन चलचित्रका प्रस्तुतकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्