चोट सहने चाँहि अचानो नै हुन्छ



सानो चिजको महत्व नदेख्नेको नजर कानो नै हुन्छ
हाम्रो लाज ढाक्ने बस्त्र सिलाउने सियो सानो नै हुन्छ

चुल्होमा आगो बाल्नलाई दाउराको जोहो गर्नु पुर्व
बन्चरोको निर्मम चोट सहने चाँहि अचानो नै हुन्छ

शिर झुकाउने घोप्टो पर्ने सबै नामर्दो हुन महोदय
जन्म दिने आमा र हामी थेग्ने धर्ती उत्तानो नै हुन्छ

लडाउने गर्छन् पछार्ने गर्छन् प्राय आफ्नाहरुले नै
अक्सर उठाउने र बचाउने मान्छे बिरानो नै हुन्छ

गरेपछि हरेक काम सकभर दिगो र दरिलो हुनुपर्ने हो
हुन त छिनलाई परालको आगो पनि न्यानो नै हुन्छ

गगन भावुक
बझाङ

प्रतिक्रिया दिनुहोस्