हेर्ने होइन त ‘छ माया छपक्कै’ ?



चलचित्र ‘छ माया छपक्कै’ आज यानकी असोज २४ बाट देशभर प्रदर्शनमा आएको छ । पहिलो दिनमा नै चलचित्रको अधिकाशं शो हाउसफुल छ । सिङ्गल थिएटर र मल्टिप्लेक्स दुवैमा राम्रो पकड पाएपछि निर्माण पक्ष दङ्ग छ । दर्शकहरुको अपार माया पाउन सफल दिपक दीपा यो पटक पनि हौसिएका छन् ।

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, दिपा श्री निरौला लगायत कलाकारको अभिनय रहेको छ । ‘छ माया छपक्कै’ले उमेर अन्तरमा हुने प्रेम सम्बन्धलाई प्रस्तुत गरेको छ । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताका रुपमा रहेको चलचित्रमा रोहित अधिकारीले लगानी गरेका छन् ।

सहनिर्मातामा सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी सह निर्माता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्