इन्द्रसंग अनुको आँखा जुधाई : ‘काले दाई’ गीत



यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाई’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । इन्द्र रामजालीको शब्द तथा संगीत रहेको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा इन्द्र रामजाली र अनु पराजुलीलाई चित्रित गरिएको छ ।
गीत हेर्नुहोस्–

पारिवारिक प्रेमकथामा निर्माण भएको चलचित्र ‘काले दाई’लाई शिव शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । ईन्द्र रामजाली र किशन अर्याल लिखित चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्