भव्य कार्यक्रमका बिच नौ अभिनेत्रीलाई सम्मान



रेजिना फिल्मस् प्रा.ली र सहिद फिल्मस् प्रा.लीको आयोजनामा नौ अभिनेत्रीलाई सम्मान गरिएको छ । रक्षा नेपालको सहयोगार्थ ‘राष्ट्रिय नव दुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रम’मा प्रमुख अतिथि उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नौ अभिनेत्रीलाई सम्मान प्रदान गरेका हुन् ।

राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित हुनेमा नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू भुवन चन्द तथा वसुन्धरा भुसाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेल एवं स्वस्तिमा खड्का रहेका छन् ।

विशिष्टलाई कदर तथा नयाँलाई प्रोत्साहन र प्रशंशा गर्ने उद्देश्यल सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा यि अभिनेत्रीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कोरियोग्राफर गजित विष्ट र गम्भीर विष्ट, यसराज गराच, पवित्रा आचार्य, अञ्जली अधिकारी, नरेशविर सिंह लगायतले नृत्य प्रस्तुत गरेका थिए भने वरिष्ठ गायकद्धय आनन्द कार्की र देविका बन्दनाले आफ्ना उत्कृष्ट गीत र लोकप्रिय गीतहरु सुनाएका थिए । कार्यक्रममा नजिकिँदै गरेका चाडहरुको शुभकामना पनि दिइयो ।

प्रतिक्रिया दिनुहोस्