आफूलाई बादशाह सम्झने दुई युवकको कथा : ‘बादशाह जुट’ (ट्रेलर)



चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर देखाइएको हो । आफूलाई बादशाह सम्झने दुई युवकको कथा चलचित्रले देखाउनेछ ।

चलचित्रको मुख्य भुमिकामा सुशील श्रेष्ठ र आमिर गौतमले अभिनय गरेका छन् । सुशील पत्रकारको रोलमा देखिएका छन् भने आमिरले प्रहरी हवलदारको रोल पोट्रे गरेका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेजस्तो बन्न खोज्ने सुशील र आफूलाई ठूलो अफिसर ठान्ने आमिरको जीवनमा के के घटना घट्नेछ त ? यहि कथा चलचित्रले वाचन गर्नेछ । कमेडी र एक्सनले भरिएको ट्रेलर निकै रमाईलो छ ।

ट्रेलर हेर्नुहोस्–

जोनी सिंह राणा निर्देशित यो चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत, कमलमणी नेपाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्