एलिशाको जवानीमा मख्ख आर्यन : ‘च च हुई’ आइटम गीत



चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको ‘जवानी’ बोलको गीतमा रोशन थापाले संगीत र स्वर भरेका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ दिएका छन् । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मालाई फिचर्ड छन् ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतलाई बालाजुस्थित एनएफडिसीमा भव्य सेट लगाएर छायांकन गरिएको थियो ।
गीत हेर्नुहोस्–

चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । सम्पादन पनि उनैको हो । अलग धारमा चलचित्र बनाउन रुचाउने साम्तेनका लागी ‘च च हुई’ एउटा प्रयोग हो पनि भन्न सकिन्छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा अमृत घोले लामाले लगानी गरेका छन् ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । ‘च च हुई’ मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्