चाडपर्वको शुभकामना सहित रचना वाचन सम्पन्न



‘शब्द हाम्रो धड्कन,साहित्य हाम्रो मुटु’भन्ने उद्गारका साथ सञ्चालित ‘मधुवन गोधूलिको साथी’द्वारा बडा दशैँ तथा शुभ दीपावलीको शुभकामना आदन प्रदान तथा आवाज शर्मा द्वारा बिशेष गजल वाचन कार्यक्रम लाजिम्पाट स्थित डिल्लीरमण पुस्तकालयको हलमा सभ्य र भव्य रुपमा सुसम्पन्न भएको छ । आँचलकुमार शर्माको सभापतित्व, रमेश खकुरेलको प्रमुख आतिथ्यता ब्यङ्ग्य कवि भरत आचार्यको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन राजन न्यौपानेले गरेका थिए ।

‘अरूज बिज्ञान’ का लेखक आवाज शर्मा, समालोचक अरूण नदी खत्री, डा. वासुदेव काफ्ले, गजलकार नारायण काइलो, वसन्त वली वसन्ती, अन्जान यात्री, प्रमोद थापा, मनोहर बाबु, जय कुमार पौडेल, विरेन मालाकार, मनु शर्मा, निर्मल रमण पराजुली, सरस्वती गौतम, दामोदर ढकाल ‘दीपक’, दलवीर सिंह बराईली, डा.प्रदिप कुमार मैनाली लगायतका साहित्यकर्मीहरुको उपस्थिती रहेको समारोहमा दर्जनौं कविहरुले आ–आफ्ना रचनाहरु वचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्