दिपकको आवाजमा ‘मानिसको चोला’ सार्वजनिक



गायक दिपक तिवारी स्वर रहेको ‘मानिसको चोला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम्को शब्द रहेको गीतमा बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको छ । सागर चौहान (किरण )ले निर्देशन गरेको गीतको भिडियोमा केवल भुजेल र सोनी परियारको अभिनय रहेको छ ।

गणेश सापकोटाको छायांकन रहेको भिडियोलाई नेत्र गुरुङले कलर तथा सम्पादन गरेका हुन् । गीतको भिडियो ग्लोबल नेपाली मिडियाको प्रस्तुतिमा निर्माण भएको हो ।

सार्वजनिक म्युजिक भिडियोमा नेपालको सुन्दर पोखराको एक माझी परिवारमा अन्तर जातीय बिबाह पछि भोग्नु परेको कथालाई प्रस्तुत गरिएको छ । गायक तिवारी नेपाल मुलका अमेरिकाका नागरिक हुन् । उनी बिगत १५ बर्ष देखि उतै बसोबास गर्दै आईरहेका छन् । बाल्यकालदेखी गीत गाउँदै आईरहेका उनले हाल सम्म ४ दर्जन भन्दा बढी गीतमा आफनो स्वर दिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्