राजेशको ‘तुफान’ बजारमा



गजलकार राजेश तुफान कार्कीको गजलसंग्रह ‘तुफान’ बिमोचन भएको छ । बिहिबार काठमाण्डौ स्थित लेखन कुञ्ज थापागाउँमा एक कार्यक्रमको आयोजना गर्दै डा. कृष्णहरि बराल, गीतकार करुण थापा र गजलकार बाबू त्रिपाठीको हातबाट उक्त गजलसंग्रह बिमोचन गरिएको हो ।

गजलकार राजेश भने कार्यक्रममा उपस्थित थिएनन् । केही वर्षदेखी डेनमार्क बसोबास आएका राजेशले आफू उपस्थित हुन नसकेपनि आफूलाई र गजललाई माया गरेर कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा प्रमुख बक्ताका रुपमा रहेका करुण थापा र बाबू त्रिपाठीले ‘तुफान’ गजल संग्रह गहन र नयाँ शैलीमा रहेको बताए । कार्यक्रममा हरेक विषयवस्तुलाई उत्तिकै सुन्दर ढङ्गले संयोजन र अभिव्यक्त गर्न जान्ने राजेशको दमदार लेखन शैलीको प्रशंशा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्