‘कल्लाइ थाछैन’मा रेश्मा र पुष्प



टिकटक गर्ल रेश्मा घिमिरे पछिल्लो समय म्युजिक भिडियोमा निकै सक्रिय छिन् । उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘कल्लाइ थाछैन’ हालैमात्र सार्वजनिक भएको छ ।

गायिका स्मिता दाहाल र गायक हिमाल सागरको स्वर रहेको गीतको भिडियोमा रेश्माले पुष्प खड्कासंग जोडी बाँधेकी छिन् । यादब लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र एरेन्जमा तयार गीतको भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ । गीतको कोरियोग्राफी प्रविन सिहँले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्