पिएरै मेरो घरबार सकियो



जसरी सिसीको अचार सकियो
तिमी बिना बाँच्ने आधार सकियो

यसकारण आज भिकारी भए
पिएरै मेरो घरबार सकियो

यो भोको पेटलाई के पाप पुण्य
आफ्नै यो प्राणको प्यार सकियो

काल पनि किन आउँदैन लिन
धेरै श्रावण बिते असार सकियो

जती कुद्ननु कुदे म बैँस छँदा
लास भए आज ,हतार सकियो

राजेश तूफान कार्की

प्रतिक्रिया दिनुहोस्